अनेरास्ववियु ( क्रान्तिकारी) मकवानपुरको अध्यक्षतामा बर्तौला निर्वाचित

 

हेटौंडा / नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरको जिल्ला अध्यक्षमा श्रवण कुमार बर्तौला निर्वाचित भएका छन् ।
क्रान्तिकारीको सोमबार हेटौंडामा भएको २२ औं जिल्ला सम्मेलनले बर्तौलाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा रोजल तामाङ र अञ्जु तुम्सिङ, सचिवमा मोहनचन्द्र चौलागाई, सहसचिवमा राजेन्द्र मोक्तान, झलक छत्कुली, शासन सापकोटा, मुकेश गोले र कोषाध्यक्षमा बुद्धराज अर्याल निर्वाचित भएका छन ।

अखिल क्रान्तिकारीका मकवानपुर जिल्ला संयोजक आकाश पाख्रीन अध्ययक्षतामा भएको कार्यकममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रंजित तामाङको प्रमुख अतिथ्यतामा भएको थियो ।
सम्मेलनमा बागमती प्रदेश सभा सदस्य एंव नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ललित घलान, बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतम लगायतकाको उपस्थिति रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय