शिक्षामा युवा सहभागिता विषयक छलफल कार्यक्रम सम्पन्न,असल युवा उत्पादन गर्न असल शिक्षामा ध्यान दिनुपर्ने

 

हेटौंडा / शिक्षामा युवा सहभागिता विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार हेटौंडामा भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले असल युवा उत्पादन गर्न असल शिक्षामा ध्यान दिनुपर्ने बताएका छन ।

युवाहरुलाई लागूऔषधको दूव्र्यसनीबाट जोगाउन उचित शिक्षा प्रदान गर्नुपर्ने, विद्यार्थीबाट नै युवा उत्पादन हुने भएकाले तथा युवा र बाल सञ्जाललाई समेत एकआपसमा जोडदै युवालाई शिक्षा, रोजगारी र उत्पादनसँग जोड्न प्रदेश युवा परिषद् अबस्यक योजना तर्जुमा गरि कार्यान्वयन गर्नुपर्ने सहभागीहरुले सुझाब दिएको जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिवहरि दाहालले बताउनुभयो ।
अध्यक्ष दाहालले छलफल तथा अन्तरक्रिया कार्यक्रममा युवाहरूबाट आएका सुझावहरुलाई समेटेर नै प्रदेशको युवा तथा शिक्षा नीति बनाउन सहज हुने बताउनुभयो ।

अन्तराष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बागमती प्रदेश युवा परिषद्को आयोजना तथा शिक्षका लागी राष्ट्रिय अभियान र गैर सरकारी संस्था महासंघ बागमती प्रदेशको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा प्रदेश स्तरमा युवाहरुको परिभाषा, नेपालको संविधान २०७२ मा युवाहरुको अवस्था, शिक्षाको आवश्यकता, युवा र शिक्षाको अन्तरसम्बन्ध, शिक्षाको अधिकार, सुनिश्चितता, मान्यता लगायत बागमती प्रदेश सरकारले शिक्षाका लागि गरेका राम्रा कामहरुको बारेमा कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, बागमती प्रदेशका संयोजक प्रकाश खतिवडाले सहजीकरण गर्नुभएको थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरका संयोजक बुद्धवीर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहाल, बागमती प्रदेश युवा परिषद्का कार्यालय प्रमुख रमेश घिमिरे, गैर सरकारी संस्था महासंघ बागमती प्रदेश समिती उपाध्यक्ष आरती पाठक, योङ्ग कम्युनिस्ट लिग मकवानपुरका अध्यक्ष राजकुमार मोक्तान , सिविन नेपालका झबिन्द्र ज्ञवाली लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा युवाहरुको उपस्थिति रहेको थियो ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्थानीय