बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त, सपथग्रहण सम्पन्न

हेटौंडा – वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । साथै शाक्यले प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईबाट पद तथा गोपनियताको सपथ लिएकी छन् । यस अघि मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार नेकपा एमालेको संसदीय दलको बैठकमा दलको नेताबाट राजिनामा गरि शाक्यलाई प्रस्ताव गरे बमोजिम सर्वसम्मत रुपमा अष्टलक्ष्मी शाक्य दलको नेतामा चयन भएकी थिइन ।

मुख्यमन्त्री पौडेलले पदबाट राजिनामा दिएसँगै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन् । सपथ ग्रहण कार्यक्रममा पुर्व मुख्यमन्त्री , सभामुख , प्रमुख प्रतिपक्ष दलका नेता , मन्त्रीहरु , जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख , हेटौंडा उपमहानगरपालिकाका मेयर लगायतकाको उपस्थिति रहेको थियो ।

मुख्य समाचार राजनीति