अब सवारी लाइसेन्स लिन सहज, ट्रायलमा ७० प्रतिशत मात्रै

काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षा खुकुलो भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ मार्फत् परीक्षालाई खुकुलो बनेको हो ।

परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको विभागले जानकारी दिएको छ ।

सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा ५० प्रतिशत परीक्षार्थी पास हुनेगरी परीक्षा खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुवै परिवर्तन गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।

लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताए ।
नयाँ मापदण्डनुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ ।

प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ । लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो । त्यसलाई बढाएर ६० बनाइएको छ ।

मुख्य समाचार समाचार समाज