एमाले निकट अखिल फोर्स मकवानपुरले अध्यादेश जलायो

हेटौंडा भाद्र ३ । अखिल फोर्स मकवानपुर द्वारा अध्यादेश जलाइएको छ । अनेरास्ववियु केन्द्रिय कार्यालयको देश ब्यापी आन्दोलनको निर्देशन अनुसार अखिल फोर्स मकवानपुरले आज बागमती प्रदेशको राजधानी हेटौंडाका विभिन्न क्याम्पस, स्कुलहरुमा नाराबाजीका साथ अध्यादेश जलाएको हो ।

उक्त कर्यक्रममा अध्यादेश चाइदैन पार्टी फुटाउन पाइदैन, मन्त्री परिषद राजिनामादे, नेकपा एमाले जिन्दावाद, अनेरास्ववियु जिन्दाबाद लगायतको नारा लगाइएको थियो ।

कार्यक्रममा अखिल फोर्स मकवानपुरका सचिब प्रसिद्ध रेग्मीले अखिल फोर्स जिल्ला प्रमुखको निर्देशन अनुसार आजको कर्यक्रम गरिएको बताए । कार्यक्रममा रेग्मीले जिल्लामा रहेका माधब पक्षका साथीहरुलाई मुल पार्टीमा फर्किन अनुरोध गरेका छन । अध्यादेश खारेज नगरे अखिल फोर्स मकवानपुर कुनै पनि संघर्ष गर्न पछि नपर्ने बताइएको छ ।

मुख्य समाचार राजनीति