मकवानपुरगढीका ५ वटा वडामा भदौ ४ गते भेरोसेल खोपको दोश्रो डोज लगाईने

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा गर साउन १३ र १४ गते भेरोसेलको पहिलो खोप लगाएकालाई भोलि भदौ ४ गते खोपको दोश्रो डोज लगाउन लागिएको छ ।

वडा नम्बर २, ३, ४, ५ र ६ नम्बरबाट पहिलो खोप लगाएकाहरुलाई मात्र दोश्रो डोज खोप लगाउन लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुब प्रसाद लामिछानेले बताउनुभयो ।

वडाका स्वास्थ्य संस्थाहरुबाट बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म खोप लगाउने कार्य हुने भएकोले आफुलाई पायक पर्ने खोप केन्द्र गई खोप लगाउन हुन स्वास्थ्य शाखा प्रमुख लामिछानेले सम्बन्धित सबैमा अनुरोध समेत गर्नुभएको छ ।

समाचार स्वास्थ्य