नेपाली कांग्रेसले सरकार चलाउन सक्दैनः राप्रपा अध्यक्ष जबरा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताउनु भएको छ । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्नु भएको हो ।  केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्ने व्यक्तिले नै पार्टी फुटाउन पाउने गरी अध्यादेश ल्याएको भन्दै उहाँले कांग्रेसले सरकार चलाउन नसक्ने दाबी गर्नुभएको हो ।०००० 

मुख्य समाचार राजनीति