बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले सरकारबाट बागमती प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएकाे छ ।

राष्ट्रपति भण्डारीले बहालमा रहनुभएकाे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरी यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएकाे हाे ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्मानीय रापष्ट्रपति विद्यादेवी भण्डारी ज्यूले नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८/५/३ को निर्णय एवम् सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री यादवचन्द्र शर्मा, शंखुवासभालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको छ ।”

प्रदेश समाचार मुख्य समाचार राजनीति