मकवानपुर प्रशासनले भन्यो – चाडपर्वमा भिडभाड नगर्नू

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोभिड १९ को संक्रमण तथा जोखिम दर उच्च रहेको स्मरण गराउँदै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरेर चाडपर्व मनाउन आग्रह गरेको छ ।
सहयाक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले शुक्रबार एक सूचना जारी गर्दै उक्त आग्रह गरेका हुन्। उनले जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रालगायतका पर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रुपमा संकेतिक तवरले मनाउन आग्रह गरेका छन्।

 

मुख्य समाचार स्वास्थ्य