हेटौंडामा विभिन्न पार्टीबाट एक सय बढी कार्यकर्ता एमालेमा प्रवेश

काठमाण्डौ । मकवानपुरमा विभिन्न पार्टी परित्याग गर्दै १ सय जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन् ।

एकालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, हेटौंडा उपमहानगरपालिका ७ नंबर वडा कमिटिको बृहत युवा भेलामा नेपाली कांग्रेस,नेकपा माओवादी कैन्द्र र राप्रपाका १ सय जना भन्दा बढी नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । उनिहरुलाई एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेल,एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ लगाएतका नेताहरुले टिका र खादा लगाएर स्वागत गरेका हुन् ।

भेलालाई सम्बोध गर्दै बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री पौडेलले आफुले प्रदेशको नेतृत्व लिईरेको अवस्थामा हेटौंडालाई प्रदेशको राजधानी स्थाई बनाउनुको साथै जिल्लामा महत्वपूर्ण विकासका कामहरु भएको बताए । उनले मकवानपुरकै केहि प्रदेश सदस्यले प्रदेशका राजधानी हेटौंडा राख्न नमानिरहेको अवस्थामा समेत स्थाई रुपमा प्रदेशको राजधानी हेटौंडा राख्न आफु सफल भएको समेत बताए । पौडेलले माधव नेपालले प्रधानमन्त्री र अध्यक्ष पदको लागि पार्टी फुटाउने काम गरेको बताए ।

प्रदेश समाचार मुख्य समाचार राजनीति