गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाको युवा संयोजकमा बर्तौला

 

काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए ) क्यानाडाको युवा संयोजकको जिम्मा सुरज बर्तौलाले पाएका छन्।

नेपाल कल्चर अफ सोसाईटि ब्रिटिश क्लोम्बियाका बोर्ड अफ डाइरेक्टर साथै हिन्दु बुद्धिस्ट फाउनडेसनका म्यानेजमेन्ट सदस्य साथै क्यानाडाका एक कुशल व्यवसायी बर्तौलाले क्यानाडा देखि नेपाल सम्म सामाजिक क्रियाकलापमा क्रियाशील हुदै व्यवसाय देखि युवा संगठनलाई अगाडी लैजान बिभिन्न संघसंघमा जिम्मेवारी बहन गर्दै संस्थागत कार्यप्रणाली मार्फत सामाजिक कार्यमा आफूलाई क्रियाशील सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेका उनीले युवा संयोजकको जिम्मा पाएका हुन्।

कोरोना लगायत अन्य विभिन्न समस्याहरुका बाबजुद पनि बर्तौला विभिन्न संघ सस्था मार्फत क्यानाडामा महत्वपूर्ण अभिभारा सफलतापूर्बक निभाउदै आएका बर्तौलाले एनआरएनए क्यानाडाको युवा संयोजकको जिम्मेबारी पाउनुले समस्त क्यानाडाबासी नेपाली समुदायका युवामा खुशी छाएको छ ।

बर्तौलाले क्यानाडामा भएका विभिन्न सौन्दर्य तथा प्रतिभा उजागर गर्ने कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरेका छन्।
( आगमन खबरबाट )

मुख्य समाचार समाचार