मानुषीको आईपीओ बाँडफाँट, २३ लाख मध्ये भाग्यमानी ३६ हजार ८ पाए ? कसरी हेर्ने

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट भएको छ । मानुषीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओमा आवेदन दिएका २३ लाख मध्ये ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका छन् ।

मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन खुला गरेको हो । जसमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीको लागि १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन हो ।

कम्पनीको हाल कायम चुक्तापूँजी ७ करोड रहेको छ । आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी १० करोड ९३ लाख पुग्नेछ ।

कसरी हेर्ने

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्टमा गएर हेर्न सकिने छ ।

अर्थ मुख्य समाचार समाचार समाज