निर्वाचन आयोगले पार्टी सनाखत गर्न बोलाएको अघिल्लो रात एकान्तवासका लागि नेताहरू रिसोर्टमा

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरु चन्द्रागिरी रिसोर्ट पुगेका छन् । निर्वाचन आयोगले सनाखतका लागि बोलाएको अघिल्लो रात नेपाल सहित ५२ जना केन्द्रीयहरु त्यहाँ पुगेका हुन् ।

निर्वाचन आयोगले भोलि नेपाल पक्षलाई सनाखतका लागि बोलाएको छ । नेपालसँग ५२ जना केन्द्रीय सदस्यमध्ये २८ जना सांसद छन् ।

आफ्ना पक्षका नेताहरु दायाँबायाँ नहुन् भनेर नेपालले चन्द्रागिरि लगेका हुन् ।

मुख्य समाचार राजनीति