घाटा बढ्यो भन्दै मूल्य वृद्धि गर्ने निगमका कर्मचारीले बोनस खान्छन साढे ३ अर्ब

काठमाडौं । पेट्रोलियम पदार्थको धेरै घाटा भएको भनेर मूल्य वृद्धि गराउने नेपाल आयल निगमका कर्मचारीलाई ३ अर्ब ४७ करोड रुपैयाँ राखेको पाइएको छ ।

आयल निगम नाफामा गएको विभिन्न समयमा छुट्ट्याइएको बोनसबापतको रकम ३ अर्ब ४७ करोड ३२ लाख ९९ हजार रुपैयाँ निगममा थुप्रिएको हो ।
आर्थिक वर्ष २०५८\५९ बाट हालसम्मको अवधिमा निगमले ७ वर्ष कर्मचारीलाई बोनस छुट्ट्याएको छ ।

एकातिर निगम घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आइरहेको निगमले नाफा भएको वर्षको बोनस रकम भने अहिले लिन नसकेपनि कुनै दिन लिन पाइने आशामा छुट्याएर राखेको हो ।

कुन आर्थिक वर्षमा कति बोनस ?

निगमले आर्थिक वर्ष २०६५\६६ कर्मचारीका लागि १९ करोड ८८ लाख ४६ हजार रुपैयाँ बोनसका लागि छुट्ट्याएको थियो । सो रकम आर्थिक वर्ष २०७०÷७१ मा मात्रै कर्मचारीहरूलाई वितरण गरिएको थियो ।

आर्थिक वर्ष २०७१\७२ मा निगमले ९० करोड २५ लाख २८ हजार रुपैयाँ, आर्थिक वर्ष २०७२\७३ मा निगमले कर्मचारीका लागि १ अर्ब २६ करोड १७ लाख ६१ हजार रुपैयाँ, आर्थिक वर्ष २०७३\७४ मा निगमले कर्मचारीहरूका लागि ७७ करोड १२ लाख १३ हजार रुपैयाँ, आर्थिक वर्ष २०७४\७५ मा ४ करोड ७९ लाख ६३ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५\७६ मा ११ करोड ६७ लाख १७ हजार रुपैयाँ, आर्थिक वर्ष २०७६\७७ मा १७ करोड ४२ लाख ६९ हजार रुपैयाँ छुट्याएको छ ।

हिजो मात्रै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै निगमले भनेको छ, ‘पेट्रोलमा प्रति लिटर ७.३९ रुपैयाँ घाटा छ । मूल्य समायोजनपश्चात डिजेल प्रतिलिटर १.९४ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४ सय १८ रुपैयाँ ४७ पैसा घाटा छ ।’

अर्थ मुख्य समाचार समाचार समाज