प्रदीप नेपालद्धारा माधवकुमार नेपाललाई ‘झेली’को संज्ञा दिँदै पार्टी परित्याग

 

काठमाडौँ / नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य तथा प्रभावशाली नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपाललाई ‘झेली’को संज्ञा दिँदै नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गर्नुभएको छ ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेपालले पार्टी परित्याग गर्नुभएको हो ।

स्टाटस

माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ ।तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। विदा।

मुख्य समाचार राजनीति समाचार