४० पैसाको चार्जले १ किलो गुड्ने कार, मूल्य ७ लाख मात्र

काठमाडौ । पेट्रोलिय पदार्थ महंगो भएर कार किन्न असजिलो भएकाहरुलाई अब विद्युतिय गाडी आएको छ । प्रत्यक महिना मूल्य वृद्धि भएर पेट्रोल र डिजेलले आम मानिसलाई समस्या परेको छ । नेपालमा हाल पेट्रोलको मुल्य १३० रुपैयाँ प्रति लिटर पुगेको छ । सस्तो नामक कार विश्व बजारमा आएको छ ।

मुम्बईस्थित एक स्टार्टअप कम्पनीले सस्तो कार नेपालमा ७ लाख मूल्यमा बिक्री गर्न सकिने इलेक्ट्रिक कार ल्याएको छ । जसलाई कम्पनीले संसारको सबैभन्दा सस्तो इलेक्ट्रिक कार भएको दाबि गरेको छ ।

स्ट्रोम मोटर्स कम्पनीले नेपालमा ल्याउन लागेको हो । यो १६ हजारमा बुकिङ्ग गर्न सकिने कम्पनीले बताएको छ । नेपालमा अन्य गाडीमा २७० प्रतिशत कर लाग्ने गरेको छ । विद्युतिय गाडीको खासै कर लाग्दैन ।

हाल मुम्बई र दिल्लीमा भने मात्र १० हजारमा बुक गर्न सकिन्छ । यो इलेक्ट्रिक कार तीन टयार छ । तर यो तीन पाङ्ग्रे जस्तो देखिदैन । सो कारमा अगाडी दुई टायर र पछाडी एउटा टायर रहेको छ ।

यो कार एक पटकको चार्जमा २०० किलोमिटर गुड्ने छ । स्ट्रोम आर ३ एकल चार्जमा करिब २०० किलोमिटर यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो दुई सिटर इलेक्ट्रिक कार हो ।

एक किलोमीटरको यात्रामा मात्र ४० पैसा विजुलिमा खपत गर्ने छ । यो कार तीन भेरियन्टमा उपलब्ध हुनेछ ।

अर्थ मुख्य समाचार रोचक विज्ञान प्रविधि समाज