काठमाडौँको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग गर्ने चेतावनी

काठमाडौं । उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलिदेखि उठ्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले भोलि विहान ६ बजेदेखी उठाउने निर्णय गरेको हो । करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेको महानगरपालिकाका प्रमुख शाक्यले बताउनुभयो । सिसडोलमा फोहोर व्यवस्थापनको काम २०६२ सालदेखि हुँदै आएको र त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको मेयर साक्यले बताउनुभयो । उहाँले प्रधानमन्त्री र विभिन्न निकायसँग अपील गरेर फोहोर उठाउने वातावरण बनाइएको बताउनुभयो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले फोहोर उठाउन र व्यवस्थापन गर्न चुनौति देखिएमा गृह प्रशासनल शान्ति–सुरक्षाको व्यवस्था मिलाउँने बताउनुभयो । स्थानीयले अवरोधमा गरेमा बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गरिने उहाँको भनाई छ ।

मुख्य समाचार समाचार समाज स्वास्थ्य