बागमती प्रदेशका १२ सांसद एकिकृत समाजवादीमा (सुची सहित )

हेटौंडा । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका ११ सांसद एमाले त्यागेर माधव नेपालको नेतृत्वमा
गठित नेकपा एकीकृत समाजवादी पार्टीलाई साथ दिने भएका छन् । मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर उनीहरुले नेकपा ९एस० लाई साथ दिने भन्दै दल हस्ताक्षरमामा सनाखत गरेका हुन् ।

उनीहरुसँगै अझैँ पनि केही सांसदहरु एमाले छाडेर नेकपा ९एस० मा आउन लागेको बताइएको छ । अझैँ पनि १० जना सांसद एमाले छाडेर नव गठित पार्टीमा आउन लागेको बताइएको छ ।

माधव नेपाल निकट मानिएकी अष्टलक्ष्मी शाक्य नयाँ पार्टी गठन हुँदा नेपालको साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएकी थिइन् । र, लगत्तै प्रदेशको मुख्यमन्त्री पनि बनेकी थिइन् ।

बागमती प्रदेशमा बुहमत रहेको एमालेमध्ये नेपाल समूहका सांसदहरुले एमाले छाडेर नयाँ दलमा आएसँगै मुख्मन्त्री शाक्यको पद अल्पमतमा परेको छ ।

को को हुन् १२ सांसद ?

राजेन्द्र पाण्डे
राजेन्द्रमान श्रेष्ठ
लक्ष्मण लम्साल
बसुन्धरा हुमागाईं
रमा आले मगर
बसन्त मानन्धर
कुसुम कार्की
पार्वती सिलवाल
इन्द्रमाया गुरुङ
मुनु सिग्देल
माधव पौडेल
कृष्ण खनाल

प्रदेश समाचार मुख्य समाचार राजनीति