म एमालेको बफादार सिपाही हुँ,कांग्रेसले मेरा बारेमा गलत प्रचार गरे-सापकोटा

मक्रान्चुली- मकवानपुरगढी ३ निवासी अर्जुन प्रसाद सापकोटाले आफू एमालेको बफादार सिपाही भएको बताउनु भएको छ ।

‘नेपाली कांग्रेसले मेरा बारेमा गलत प्रचार गर्यो चोक चौतारोमा अनगल प्रचार नगरियोस् म अहिले पनि एमालेको जिल्ला कमिटी सदस्यको जिम्मेवारी पदमा छु ।’ शुभ बिहानी डटकम सँगको कुराकानीमा सापकोटाले भन्नुभएको छ ।

‘२०५४ सालदेखि म एमालेको सिद्धान्तमा रहिआएको छु । मेरो राजनीतिक आस्था माथि आँच आउने काम गरियो,यस्तो कार्य नगर्न कांग्रेसका साथीहरुलाई अनुरोध गर्दछु ।’ सापकोटाले सामाजिक संजाल फेसबुक मार्फत भन्नुभएको छ ।

सापकोटा मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडा सदस्य (जनप्रतिनिधि) सरिता सापकोटाका श्रीमान हुनुहुन्छ । उहाँ अहिले विभिन्न सामाजिक संस्थाहरुमा समेत आबद्ध रहनुभएको छ ।

मुख्य समाचार राजनीति