मोबाइल बैंकिङ मार्फत पैसा ट्रान्सफर गर्दा लाग्ने शुल्क घट्यो, अब कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गर्दा लाग्ने शुल्क घटाएको छ । यसभन्दा पहिले बैकले मोबाइल बैंकिङ आफु खुसी शुल्क लिने गरेका थिए । मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङमार्फत विद्युतीय रकम ट्रान्सफर गर्दा निश्चित तहसम्मको अधिकतम शुल्क मात्र लिन पाउने भएका छन् । सेवाप्रदायकले ५० हजार रुपैयाँसम्मको कारोबारमा प्रतिकारोबार अधिकतम १० रुपैयाँ सेवा शुल्क लिन पाउने छ । पहिले ३० देखि ७० रुपैयाँ शुल्क लिदै आएका थिए ।

५० हजार रुपैयाँभन्दा माथि एक लाख रुपैयाँसम्मको रकम ट्रान्सफर गर्दा प्रति कारोबार अधिकतम २० रुपैयाँ र त्यसभन्दा माथि प्रति कारोबार अधिकतम ३० रुपैयाँको सीमा लगाइएको छ । यसअघि यस्तो शुल्क सम्बन्धी स्पष्ट व्यवस्था भएको थिएन । जसले गर्दा सेवाप्रदायकबीच सेवा शुल्कमा भारी अन्तर देखिने गरेको थियो ।

अर्थ मुख्य समाचार