बिहीबार मकवानपुरगढीमा ४ जना कोभिड संक्रमित थपिए

मक्रान्चुली- बिहिवार मकवानपुरगढीमा ४ जना कोभिड संक्रमित भएका छन् । थपिनेमा २ जना महिला र २ जना पुरुष रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा वडा नं ३ का २ जना पुरुष र वडा नखुलेका २ जना महिला रहेका छन् । उनीहरुको हेटौंडामा गरिएको पिसिआर परिक्षणमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

हाल मकवानपुरगढीमा १३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये १ जना हेटौंडा अस्पतालमा उपचाररत छन् भने १२ जना होमआइसोलेसनमा रहेका छन् ।

कोभिड १९ को दोस्रो लहरबाट मकवानपुरगढीमा अहिलेसम्ममा ३७५ संक्रमित भएकोमा मृत्यु हुनेको संख्या समेत ३६२ जना संक्रमण मुक्त भएका छन् ।

मकवानपुरगढीमा ५ जनाको कोभिड संक्रमण कै कारण ज्यान गएको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनु भएको छ ।

समाचार स्वास्थ्य