शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई एमालेको चेतावनी

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिनु भएको छ ।

काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको बताउनु भएको हो । आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको उहाँको दाबी छ । तर नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको ओलीको आरोप छ । उहाँले शान्तिपूर्ण आन्दोलनको सीमाभित्र जनता रहन चाहे पनि प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपु¥याउन चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले एमालेको भूमिकामात्रै परिवर्तन भएको तर शक्ति कम नभएको बताउनु भयो । उहाँले पार्टीको उद्देश्य, नीति र संगठनमा केहि पनि फेरबदल नआएको बताउनु भयो । उहाँले पुष्पकमल दाहाललाई एकीकृत पार्टी, ठूलो पार्टी नपचेको टिप्पणी गर्नुभयो । उहाँले माओवादी केन्द्रका नेता कार्यकर्ताले एकीकृत पार्टी नै रुचाएकाले अब दाहाल गुटमात्रै अलग भएको बताउनुभयो । उहाँले विग्रेका तत्वहरु पार्टीबाट बाहिरिए पनि एमाले जस्ताको तस्तै खडा रहेको दाबी गर्नुभयो । साथै उहाँले कार्यकताले पार्टी जोडगाएको बताउनु भयो ।००००

मुख्य समाचार राजनीति