अस्पतालको अवस्थाबारे नागरिक समाज र अस्पतालबीच छलफल

हेटौँडा/ नागरिक समाज मञ्च मकवानपुरले हेटौंडा स्थित दुई स्वास्थ्य संस्थाहरुसंग छलफल गरेको छ ।

मञ्चले नागरिक निगरानी कार्यक्रम अन्तर्गत हेटौंडा १३ स्थित पदमपोखरी स्वास्थ्य चौकी र हेटौंडा बजार स्थित हेटौंडा अस्पतालबीच अस्पतालको अवस्थाबारे बुधबार छलफल गरेको हो ।

नागरिक समाज मकवानपुरको संयोजक रमिला सापकोटा,बाल कल्याण समाज मकवानपुरको अध्यक्ष प्रकाश खतिवडा,डिइसी नेपालको कार्यक्रम संयोजक मान बहादुर वाइबा लगायतकाको टोलिले अस्पतालको अवस्थाबारे छलफल गरेको हो ।

निगरानी कार्यक्रममा हेटौंडा १३ स्थित स्वास्थ चौकीमा सबल पक्षहरु देखिएका र केही प्रसासनिक कार्यहरु सुधार्नु पर्ने देखिएको समाजको टोलीले निष्कर्ष निकालेको थियो । स्वास्थ चौकीको निगरानिको क्रममा स्वास्थ चौकिमा रहेको औषधिको पनि अनुगमन गरिएको थियो ।

नागरिक अनुगमन तथा छलफलमा नागरिक समाज मंच मकवानपुरकी संयोजक रमिला सापकोटाले नागरिक बडापत्र सूचना पाटी दैनिक कार्यतालिका वार्षिक प्रगति प्रतिवेदन लगाएत प्रशासनिक व्यवस्थापन सुधार्नु पर्नेमा ध्यानाकर्षण गराइन् ।

 

 

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य