राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरको अध्यक्षमा दाहाल

हेटौंडा / राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरको अध्यक्षमा धमेन्द्र दाहाल चयन भएका छन् ।
समुहको बुधबार भएको दोस्रो जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा विजय पौडेल, सचिवमा बलराम पुडासैनी, कोषाध्यक्षमा सरला अधिकारी र सहसचिवमा उज्ज्वल अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै समूहको सदस्यहरुमा मिना श्रेष्ठ, बिक्रमकुमार बानियाँ, दिलबहादुर लामा, अनिष चौँलागाई, सुशन लामिछाने र राजन कटुवाल चयन भएका छन् ।

यस्तै अधिवक्ता एवम् पत्रकार ऋषि केबीको स्वर्गीय पिता रामहरि केशीको स्मृतिमा ‘स्वर्गीय रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७७’ स्थापना गरिएको छ । समूहले यस बर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हेटौंडा ६ निवासी रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त विडारीलाई नगद २ हजार ५ सय नगदसहित सम्मानपत्र प्रदान गरेको छ ।

कपिल खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, सल्लाहकार बालकृष्ण अधिकारी लगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार स्थानीय