बागमतीको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तर्फ कै सचिव रहने ब्यबस्था

हेटौँडा/ चिकित्सकका छाता संगठनहरुको तीव्र विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिने भएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्यतर्फकै सचिव राख्ने गरी सांगठनिक संरचना बनाउने निर्णय गरेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयकी निमित्त निर्देशक सावित्री पौडेलले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्य सेवातर्फको ११ औं तहको सचिव रहने सांगठनिक संरचना तयार गरेको बताइन् । ‘अहिले क्याबिनेबाट पास भइसकेको छ, अब लागु हुन्छ,’ उनले भनिन् । यसअघि बागमती प्रदेशको मन्त्रालयले बनाएको प्रस्तावित दरबन्दी तेरिजमा मन्त्रालयमा संघीय सेवाको राजपत्रांकित प्रथम तहको सचिव रहने उल्लेख थियो । पौडेलका अनुसार मन्त्रालयको अन्य कुनै पनि संचरनामा परिवर्तन गरिएको छैन । स्वास्थ्य सचिवमा ११ औं तहको स्वास्थ्य सेवाको अधिकारी रहने व्यवस्था गरिएको छ ।

यस्तै, मन्त्रालयमा ९ र १० औं तहको अधिकृतस्तरको प्रशासनतर्फकै उपसचिव रहने सांगठिक संरचनामा छ । त्यसपछि मात्र स्वास्थ्य सेवातर्फका कर्मचारीलाई मन्त्रालयको प्रस्ताविक सांगठनिक संरचनामा स्थान दिइएको छ ।

र १० औं १ जना, आयुर्वेद चिकित्सक ८ औं तह १ जना, अधिकृत प्रशासन ७ र ८ औं तह २ जना, न्याय सेवाको कानून अधिकृत १ जना, लेखा अधिकृत प्रशासन लेखा समूहको ७ र ८ औं तहको १ जना, जनस्वास्थ्य अधिकृत (हेई) ७ र ८ औं तहको एक जना, जनस्वास्थ्य शिक्षा अधिकृत (हेए) ७ र ८ औं तहको १ जना प्रस्ताव गरिएको छ ।

यस्तै कम्युनिटी नर्सिङ अधिकृत ७ र ८ तहको १ जना, फार्मेसी अधिकृत ७ र ८ तहको १ जना, सहायकरअधिकृत प्रशासनतर्फको ५ र ६ औं तहको २ जना, सहायक कम्प्युटर ४ र ५ औं तहका २ जना, सहलेखापाल प्रशासन लेखाको ४ र ५ औं तहका १ जना, हसचा तह बिहीन ३ जना, कार्यालय सहयोगी तहविहीन ४ जना गरी कुल २५ जनाको प्रस्तावित दरबन्दी तयार पारिएको छ। प्रदेशमा कार्यरत स्वास्थ्यका अधिकारी र कर्मचारीहरुले मन्त्रालयमा प्रशासनतर्फको सचिव राख्न थालिएको भन्दै प्रदेशको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए ।

प्रदेश समाचार मुख्य समाचार समाचार स्वास्थ्य