नेकपा (एमाले) मकवानपुरगढी गाउँकमिटी बैठक सम्पन्न

मक्रान्चुली- नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरगढी गाउँकमिटीको बैठक आज सम्पन्न भएको छ ।

गाउँकमिटी अध्यक्ष तेज प्रसाद लम्सालको अध्यक्षता तथा एमाले केन्द्रिय कमिटी सदस्य एवम मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा बागमती प्रदेश कमिटी सचिवालय सदस्य रघुनाथ खुलाल , मकवानपुर जिल्ला कमिटी अध्यक्ष बद्री प्रसाद लम्साल , बागमती प्रदेश कमिटी सदस्य हर्कमाया रुम्बा , पार्टी जिल्ला कमिटी सचिव एकालाल श्रेष्ठ , एमाले नेता बलराम हुमागाँई , गाउँपालिका अध्यक्ष बिदुर हुमागाई , पार्टी जिल्ला कमिटी सदस्य , युवा तथा विद्यार्थी नेताको उपस्थिति रहेको थियो । बैठक सन्चालन एमाले गाउँकमिटी सचीव रामजी सापकोटाले गर्नु भएको थियो ।

मुख्य समाचार राजनीति