कर्जा लगानीमा एनआईसी एशिया र ग्लोबल आईएमई बैंक अगाडि, अरु कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ मा वाणिज्य बैंकहरुको कर्जा लगानी १ खर्ब ५१ अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानीमा १ खर्ब ५१ अर्ब रुपैयाँको वृद्धि भएकोे हो । हाल बैंकहरुको कुल कर्जा ३८ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

कर्जा लगानीमा एनआईसी एशिया बैंक र ग्लोबल आईएमई बैंक अगाडि रहेका छन् । एनआईसी एशिया बैंकले गत असार मसान्तसम्म कुल २ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा भदौ मसान्तसम्म कुल २ खर्ब २ खर्ब ७८ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको हो । भदौमा ग्लोबल आईएमई बैंकको पनि ११ अर्ब ७२ करोड रुपैयाँले बढेको देखिन्छ । गत वर्ष असार मसान्तसम्म कुल २ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले भदौ मसान्तसम्म आइपुग्दा कुल २ खर्ब ५४ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ ।

भदौ महिनामा कर्जा लगानी बढाउने बैंकहरुमा कुमारी बैंक र सिद्धार्थ बैंक पनि रहेका छन् ।

अर्थ प्रदेश समाचार मुख्य समाचार समाचार समाज