नेकपा (एस) मकवानपुरको कार्यालय शुभारम्भ

हेटौँडा/ नेकपा (एकीकृत समाजवादी) मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ । हेटौंडा ४, शितल महलचोकस्थित पार्टी कार्यालयको आज विहीबार एकीकृत समाजवादीका केन्द्रिय सदस्य केदार न्यौपानेले कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु ललित बस्नेत, मुनु सिग्देल, सुर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल लगायतको उपस्थिति रहेको थियो ।

नेकपा (एस) मकवानपुरले आगामी असोज ९ गते पार्टी जिल्ला कमिटिको सपथग्रहण कार्यक्रम गर्ने बताइएको छ ।

 

मुख्य समाचार राजनीति समाचार स्थानीय