विश्वकप क्रिकेट लिग २ मा नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज हुँदै

हेटौडा / आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ ।

खेल दिउँसो सवा ४ बजे अल अमिरात क्रिकेट मैदान ओमानमा सुरु हुनेछ। सिरिजको पहिलो खेलमै अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ।

सोमबार भएको सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध नेपाल ५ विकेटले नै पराजित भएको थियो। यस्तै‚ अमेरिकाले गए राति भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको छ।

लिग २ को अंक तालिकामा ओमान १८ अंकसहित शीर्ष स्थानमा रहँदा अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ । नेपाल ६ अंकसहित छैटौं स्थानमा छ ।

खेलकुद मुख्य समाचार समाचार