विराट कोहलीले टि २० टिमको कप्तानी छाड्ने

हेटौडा / भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अर्को महिना हुने टि २० विश्वकपपछि टि २० क्रीकेटको कप्तानी छाड्ने भएका छन् ।

बिहीबार कोहलीले सामाजिक सञ्जाल मार्फत टि२० विश्वकप पछि कप्तानी छाड्ने जनाएका छन् । उनले लेखेका छन्,’ यो निर्णयमा पुग्नु सहज थिएन । रवि शास्त्री र रोहित शर्मासँगको लामो कुराकानीपछि मैले यो निर्णय लिएको हूँ । ट्वान्टी २० विश्वकपपछि ट्वान्टी २० को कप्तानी छाड्नेछु ।’

विराटले टेस्ट र ओडिआईमा भने निरन्तर टोलीको कप्तानी गर्ने छन् ।

अन्तराष्ट्रिय खेलकुद समाचार