प्रदेशमा तत्काल “सुशासन तथा समाजवाद उन्मुख कार्यक्रम’’ ल्याउछु : मुख्यमन्त्री शाक्य

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको समतामूलक विकासका लागि तत्कालै “सुशासन तथा समाजवाद उन्मुख कार्यक्रम’’ ल्याउने घोषणा गरेकी छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ का अवसरमा आज हेटौंडा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएकोले यसै अनुसार काम गर्न लागिएको बताईन् ।

ऐतिहासिक जननिर्वाचित संविधानसभावाट २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएको महत्वपुर्ण दिनको सम्मान स्वरुप आज संविधान दिवस र राष्ट्रिय दिवस मनाइएको उनले बताईन् । मुख्यमन्त्री शाक्यले मुलुकमा भएका विभिन्न कालखण्डका सङघर्ष र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जन क्रान्तीमा आफ्नो अमुल्य जीवनको बलिदान दिने सम्पुर्ण वीर शहीदहरुमा भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै घाईतेहरु प्रति सम्मान प्रकट गरिन् ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज