गठबन्धन सरकारले सकेन मन्त्रिपरिषद् विस्तार गर्न, गठमन्धन भित्रै समस्या

काठमाडौं । गठबन्धन सरकारले मन्त्रिपरिषद् गठन गर्न नसक्ने भएको छ । सत्ता गठबन्धन भित्रै समस्या भएको कारणले मन्त्रिपरिषद् विस्तार गर्न समस्या भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेकाले यो सरकार पूर्णरुपमा असफल भएको छ ।

सत्तारूढ मध्येको जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत गरेको हो । कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा भनाभन समेत भएको छ । राम्रो मन्त्रालय गठबन्धनमा रहेको सबै पार्टीले दावि गरेको कारण सरकारले पूर्णता पाउन नसकेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललेसमेत यसअघि ५ असोजभित्रै सरकारले पूर्णता पाउने बताएका थिए । तर, जसपाका अध्यक्षले भने प्रधानमन्त्री देउवाको आसयको विपरीत प्रतिक्रिया दिए । उनले सरकारले पूर्णता पाउन मन्त्रालयको टुंगो नै नलागेको र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारले पूर्णता नपाउने बताएका हुन् ।

मुख्य समाचार राजनीति समाचार समाज