संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

हेटौडा  / मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित संबिधानसभा सदस्य तथा नेकपा माओवादीका नेता दिलबहादुर घिसिङ (फुर्वा) र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वरिना बल तामाङ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

फुर्वा पछिल्लो समय मोहन वैद्य नेतृत्वको माओवादीमा थिए भने वरिना माओवादी जनयुद्धमा लागेकी नेता हुन् । उनि पछिल्लो सफल उद्यमीका रुपमा परिचित छिन् । सो अवसरमा अध्यक्ष ओलीले नेकपाबाट प्रचण्ड माओवादीको एउटा हिस्सा लिएर अलग भए पनि अहिलेको एमाले नेकपाकै निरन्तरता रहेको भन्दै माओवादीमा रहेका कार्यकर्ता एमालेमै समाहित हुनुपर्ने बताए ।

२३ फागुन २०७८ को सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीलाई अलगअलग बनाइदिएपछि रामबहादुर थापा‘बादल’ सहित नेताहरु एमालेमै बसे । नेताहरु एमालेमै बसेपछि बल लगायत माओवादी नेताहरु पहिलेजस्तो माओवादी कार्यक्रमहरुमा सक्रिय रहेनन् । मंगलबार मकवानपुरका संविधान सभा सदस्य दिलबहादुर घिसिङ ‘फुर्वा’ र बरिना बलको नेतृत्वमा केही नेताहरु बालकोट पुगेर आफूहरु एमालेमै रहने घोषणा गरेका हुन् । 

नवप्रवेशीलाई महासचिव ईश्वर पोखरेल, सांसद कृष्णप्रसाद दाहाल, एमाले नेताहरू हिदम लामाले स्वागत गरेका थिए । 

मुख्य समाचार राजनीति समाचार स्थानीय