दसैँका लागि घर जान अग्रिम टिकट असोज ११ गतेदेखि खुल्ने, मालवाहक सवारी भने बेलुका मात्रै गुड्न पाउने

काठमाडौं । दसैंका लागि अग्रिम बस टिकट असोज ११ गतेदेखि बुकिङ खुला हुने भएको छ । प्रत्यक वर्ष काठमाडौंबाट गाउँ जानका लागि सहज गराउन अग्रिम बस टिकट खुल्ने गरेको छ । यस वर्षको लागि ३ दिनपछि टिकट बुकिङ खुल्ला हुने भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात व्यवस्था विभागको बैठकले ११ गते देखि अग्रिम टिकट खुलाउने निणर्य गरेको हो । टिकट अनलाइनबाट पनि लिन सकिने छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले असोज ११ गतेबाट अग्रिम टिकट खला गरिएको बताए । उनले वर्षाको कारणले बिग्रिएको सडक ग्राभेल हालेर भएपछि गाडी चलाउन सकिने बनाउनु पर्ने बताए ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुषालले असोज ११ गतेबाट अग्रिम टिकल खुला गरिएको बताए । घटस्थापनादेखि पूर्णिमासम्म सबै रुट खुल्ने र मालवाहक सवारी साधनलाई बेलुका मात्र गुड्ने व्यवस्था मिलाइएको भुषालले बताए ।

मुख्य समाचार समाचार