बादलको गर्जन : प्रचण्ड सँग चुनाव लड्न तयार छु

चितवन- नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) ले आगामी निर्वाचनमा आफू माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) सँग चुनाव लड्न तयार रहेको बताएका छन् ।

भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै बादलले सो कुरा बताएका हुन् । तर यस विषयमा पार्टीले निर्णय गरेको छैन उनले भनेका छन् ,’पार्टीले निर्णय गरेमा आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल पनि हुनसक्छ’ ।

प्रचण्ड र बादल दुबै चितवनका हुन् ।



मुख्य समाचार राजनीति