मकवानपुरमा लागुऔषधसहित एक युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले दुई किलो एक सय ग्राम लागुऔषध अफिमसहित एक युवकलाई पक्राउ गरेको छ ।

आज विहान भीमफेदी गाउँपालिका वडा नं २ स्थित प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेका कैलाश गाउँपालिका वडा नं २ का २१ वर्षीय राजन मोक्तानलाई अफिमसहित पक्राउ गरेको हो । मोक्तानको साथबाट लागुऔषध अफिमजस्तो देखिने पदार्थ २ किलो एक सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायक उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

पक्राउ परेका मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मुख्य समाचार समाचार स्थानीय