एमालेलाई चुनाव पछि टर्चलाइट बालेर खाेज्नु पर्छः अध्यक्ष नेपाल

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अवका दिनमा एमालेलाई टर्चलाइट बालेर खाेज्नु पर्ने बताउनु भएकाे छ । शनिबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताउनु भएकाे हाे ।

हेटौंडाको भइरहेको एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी पार्टी सुदुरपश्चिममा १ नम्बर पार्टी भएको बताउनु भयाे । नेपालले १ नम्बर प्रदेशमा पनि १ नम्बरको पार्टीका रुपमा स्थापित भएको भन्दै कर्णाली प्रदेशमा पनि केपी ओलीलाई धुलो चटाइसकेको र वागमती प्रदेश र १ नम्बर प्रदेशमा पनि ओलीले धुलो चाट्नुपर्ने अवस्था आएकाे बताउनु भयाे ।  संवाेधनका क्रममा उहाँले सबैभन्दा कमजोर ठानेका गण्डकी प्रदेशमा पनि सबै जनता जागिरहेको भन्दै ओलीको पत्तासाफ हुने बताउनु भएकाे छ ।

कार्यक्रमलाई संवाेधन गर्दै अध्यक्ष नेपालले एमालेलाई आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्था भइसकेकाे बताउनु भयाे । उहाँले केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लाग्नु भएकाे बताउनु भयाे ।अध्यक्ष नेपालले ओलीले आफ्नो प्रधानमन्त्री पद नै गुम्न लागेको भन्ने डरले प्रतिनिधिसभा विघटन गरेको पनि स्मरण गराउनु भयाे  । उहाँले ओलीले १५ वर्षसम्म प्रधानमन्त्री बन्ने सपना देखेर संसद् विघटन गरे पनि केपीजीकाे सपना चकनाचुर भएकाे बताउनु भयाे ।

एकीकृत समाजवादीले सबै विचार बोकेको भन्दै माक्सवाद – लेनिनवाद मार्गदर्शक सिद्धान्तलाई आत्मसात गरेको बताउँदै देशभर एकीकृत समाजवादीको लहर आइरहेको दाबी गर्नु भयाे । 

मुख्य समाचार राजनीति