लायन्स क्लब अफ मकवानपुर हेडम्बाद्वारा मकवानपुरगढीका गर्भवती महिलालाई पोषिलो आहार वितरण

मकवानपुर- सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लब अफ मकवानपुर हेडम्बाले गर्भवती महिलालाई पोषिलो आहार वितरण गरेको छ ।

शनिबार मकवानपुरगढीमा एक कार्यक्रमको आयोजना गरि वडा नम्बर ४ सयपत्रीका पिछडीएको क्षेत्रका गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण गरेको क्लबकी अध्यक्ष लायन रमिला घलानले बताउनु भयो ।

मकवानपुरगढी गाउँपालिका वडा नं.४ का वडाध्यक्ष राम प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता र रिजन चेयर पर्सन लायन जेपि यादवको विशिष्ट आतिथ्यतामा पोषिलो आहार वितरण गरिएको हो ।  

संस्थाका अध्यक्ष रमिला घलानले गर्भमा र जन्मिएपछि बच्चा र आमाले पोषिलो खाना नपाउँदा मानसिक रुपमा कमजोर बच्चा जन्मिँदै आएकाले यस्तो कार्यक्रम आयोजना गरेको बताउनु भयो । कार्यक्रममा ७ जना गर्भवती महिलाहरुलाई एक जना बराबर दुई हजार रुपैयाँको दरले घ्यु , अण्डा , चनाको सातु , गेडागुडी लगायतका पोषिलो सामाग्री वितरण गरिएको छ ।

लायन रबिन ढकालको संयोजनमा कार्यक्रमको आयोजना गरिएको हो । र आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिइने ढकालले बताउनुभएको छ ।

मुख्य समाचार समाज