नाडाको निर्वाचन मंसिर २२ र २३ गतेलाई तोकियो


काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को ४५ औं साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषण भएको छ । सोल्टी मोड स्थित होटल सोल्टी क्राउन प्लाजामा अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिले मंसिर २२ र २३ गतेका लागि साधारणसभा र निर्वाचनको मिति तोकेको हो।

साधारण सभा र निर्वाचनसोही होटेल सोल्टीमा नै सम्पन्न हुने नाडाले जनाएको छ ।
नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा हुने एसोसिएसनको निर्वाचनबाट अध्यक्षसहित संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ ।
यस्तै, नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ ।

यसअघि भाद्र २४ र २५ गतेका लागि तोकिएको एसोसिएसनको निर्वाचन कोभिड–१९ का कारण प्रभावित हुन पुगेको थियो । हाल अवस्था सुधारउन्मुख रहेको अवस्थामा व्यवहारिकत दसैं तिहार तथा छठ पर्वपछि साधारणसभा र निर्वाचन गर्न उपयुक्त देखिएकाले सोही बमोजिम मिति तय गरिएको अध्यक्ष दुलालले जानकारी दिए ।

नाडाको आसन्न २४ औ निर्वाचनका लागि अध्यक्षमा व्यवसायी करण चौधरी र ध्रुव थापाले यसअघि नै उमेद्वारी घोषणा गरिसकेका छन् । यद्यपि, समझदारीमा एसोसिएसनको नेतृत्व चयनको गृहकार्य भइरहेको नाडाले जनाएको छ ।

अर्थ प्रदेश समाचार मुख्य समाचार समाचार समाज