कांग्रेस थाहा नगर सभापतिमा जोशी निर्वाचित

थाहानगर / नेपाली कांग्रेस थाहा नगरकमिटिको सभापति पदमा प्रमोद जोशी निर्वाचित भएका छन् । आज थाहा नगर कमिटिको निर्वाचनमा जोशीले १ सय ९ मत ल्याई निर्वाचित भएका हुन् ।

उहाँको निकटतम प्रतिद्वन्द्वी भरत गोपालीले ८१ मत प्राप्त गर्नुभएको थियो। नगरकमिटिको २ उपाध्यक्ष पदमा नवराज कार्की र उद्धब लामिछाने निर्वाचित भएका छन् । कार्कीले १ सय १४ र लामिछानेले १ सय २ मत प्राप्त गरे । उपाध्यक्ष कै अर्का उम्मेदवार सोम प्रसाद गर्तौलाले ८९ मत प्राप्त गरेका छन् ।

२ सचिब पदमा भिमसेन मोक्तान र कर्ण बहादुर गोपाली निर्वाचित भएका छन् । मोक्तानले १ सय १२ र गोपालीले १सय ४ मत प्राप्त गरे । सचिब पदकै उम्मेदवार बिन्दुलाल थिङले ८४ र शशि कुमार दोङ ले ५६ मत प्राप्त गरेका थिए । २ जना सहसचिव पदमा सत्यदेवी स्याङतान र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । स्याङ्तानले १ सय ६५ र श्रेष्ठले ९५ मत प्राप्त गरेका थिए । सहसचिव पदकै उम्मेवार ध्रुब कुमार भट्टले ४६ र रामचन्द्र भोम्जनले ४७ मत प्राप्त गरेका थिए ।

तेस्तै नगर कमिटिका लागि ५३ जना सदस्यहरुमा सबै सर्वसम्मत निर्वाचित भएका छन् । थाहा नगरको जेसीज हलमा भएको निर्वाचन कार्यक्रममा १९५ जना प्रतिनिधिले मतदान गरेका जेसीज हलबाट नेपाली कांग्रेसका नेता निरोज प्रधानले बताउनुभयो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय