मकवानपुरमा तयार गरियो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

हेटौंडा / जिल्ला सुरक्षा समिति मकवानपुरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारेको छ । दशैं तिहारजस्ता सर्वसाधारणको बढी चहलपहल हुने चाडपर्व लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारिएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमसँगै चाडबाडमा हुन सक्ने आपराधिक गतिविधिलाई रोक्न विशेष सुरक्षा योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

‘सर्वसाधारण नागरिकको बढी चहलपहल हुन्छ, कोभिड महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पनि पालना गर्न लगाउँछौं,’ उनले भने, ‘विभिन्न आपराधिक गतिविधि हुन सक्ने हुँदा गस्ती पेट्रोलिङ बढाउँछौं ।’ उनका अनुसार सडक, बजार, धार्मिकस्थललगायतको व्यवस्थापनका लागि आवश्यक प्रबन्ध सुरक्षा योजनामा गरिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेकोले आसन्न चाडपर्वहरू सांकेतिक रूपमा मनाउन जिल्लाबासीसँग गरेका छन् ।

 

 

 

मुख्य समाचार समाचार समाज स्थानीय