राष्ट्रिय युवा संघ हेटौँडा १२ र १३ वडाको वडा भेला : तरुण दल मकवानपुरका जिल्ला सदस्य आशिष थापा मगर एमालेमा प्रबेश

हेटौँडा / नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौँडा १२ र १३ नम्बर वडाको वडा भेला सम्पन्न भएको छ ।

भेलाले महेश भट्टराईको अध्यक्षमा ५३ सदस्यीय १२ र १३ नम्बर वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा राम लाल डिम्डुङ, सचिव अजय थिङ, सह–सचिव करण गोले र कोषाध्यक्ष प्रविण लामा चयन भएका छनध्र । कमिटिको सस्दयहरु राम चन्द्र दंगाल, अमृत थिङ, चन्द्र बहादुर घले, माधव घलान, मानव तिमल्सिना, युवाराज पौडेल, रविन्द्र घलान, रमेश थिङ, विजय थिङ, बुद्धि दंगाल लगायत रहेका छन ।

यस्तै सिन्धु थोकरको अध्यक्षतामा ८७ सदस्यीय १३ नम्बर वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा बुद्ध गोले, सचिव सुनिल पौडेल, सहसचिव सुजित मोक्तान, कोषाध्यक्ष प्रमिला न्यौपाने, सह कोषाध्यक्ष किशुन वाइवा चयन भएका छन ।

राष्ट्रिय युवा संघ केन्द्रिय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्व सांसद तथा सविधान सभा सदस्य अनन्त पौडेल लगायतका पार्टीका नेता तथा कार्याकर्ताहरुको उपस्थित रहेको थियो ।

सोहि अवसरमा तरुण दल मकवानपुरका जिल्ला कमिटि सदस्य आशिष थापा मगर,माओवादि केन्द्र्रका बुद्ध गोले,कृष्ण बहादुर थिङ लगायत विभिन्न पार्टी परित्याग गरि हेटौँडा १२ बाट २७५ जना एमालेमा प्रवेश गरेका छनध्र भने वडा नम्बर १३ बाट २६५ जना एमालेमा प्रवेशको युवा संघ नेपाल हेटौँडा नगर कमिटिका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनु भयो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय