दसैंमा बस्तुको कालो बजारी र अभाव नहुने


काठमाडौं । दसैं लगायतका चाडपर्वमा बस्तुको कुनै अभाव नहुने सरकारले बताएको छ । वाणिज्य विभाग र नेपाल आयाल निगमको आयोजनामा बजार अनुगमन र सरोकारवालाको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले चाडपर्वमा बस्तुको अभाव र कालो बजारी नहुने नहुने बताएका छन् ।


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देश प्रकाश पौडेलले विभागले बजार अनुगमन गरेर कालो बजारी रोकिएको बताए । मूल्य र गुणस्तरको विषयलाई केन्द्रमा राखेर अनुगमनलाई अगाडि बढाएको बताए ।

गत आर्थिक वर्ष २ हजार ५ सय अनुगमन गरेकोमा ६८ वटाले व्यवसायले मात्रै सहि मूल्य र गुणस्तरीय समान बिक्री गरेको भेटेका विभागले बताउको छ । यस आर्थिक वर्षमा २ सय विभिन्न व्यापारी पसलहरुमा अनुगमन गर्दा सबैको गल्ति भेटाएको हो ।

नेपाल आयात निगम प्रवक्ता विनितमणि उपाध्यायले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको विषमा कुनै समस्या नहुने जानकारी गराए ।

उपाभोक्ता अधिकार कर्मी कृष्ण प्रसाद भण्डारीले वाणिज्य विभागले कामभन्दा पनि कुरा मात्रै धेरै गरेका आरोप लगाए ।

अर्थ प्रदेश समाचार मनोरञ्जन मुख्य समाचार समाचार समाज