सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगी आरोपमा पक्राउ


काठमाडौं । सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगी आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तामाङ सहित १२ जनालाई ठगीको पक्राउ गरेको हो ।

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा तामाङसहित १२ पक्राउ गरिएको हो ।

सिभिल सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेको बेला तामाङले निक्षेपकर्ताको रकम आफ्नै रियलस्टेट कम्पनीमा लगानी गरेर सहकारीको पैसा हिनामिना गरेको भनेर पीडितले उजुरी हालेका छन् ।

तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यवसायी र सिभिल बैंकका अध्यक्षसमेत हुन् ।

अर्थ मुख्य समाचार राजनीति समाचार समाज सहकारी