आजबाट बढ्यो सार्वजनिक गाडी भाडा, कुन ठाउँ पुगेको कति (सूचिसहित)

काठमाडौं । आजबाट सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । बागमती प्रदेशभर सञ्चालन हुने सबै सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो ।

यसभन्दा पहिले केन्द्र सरकारले २८ प्रतिशत अन्तर प्रदेश भाडा वृद्धि गरेको थियो । भने आजबाट लागु हुने गरेर बागमती प्रदेशले काठमाडौं उपत्यकामा २८ प्रतिशत र उपत्यका बाहेकका जिल्लामा २३ प्रतिशत भाडादर वृद्धि गरेको हो ।

नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा ०-५ किलोमिटरको भाडा १८ रुपैयाँ, ०-१० किलोमिटरको २३ रुपैयाँ, ०-१५ किलोमिटरको २७ रुपैयाँ, ०-२० किलोमिटरको ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ । डिलक्स सुविधा प्रदान गर्ने सार्वजनिक यात्रुवाहब सवारीले नयाँ भाडादरमा २० प्रतिशत थपेर भाडा लिन पाउने छन् ।

यातायात व्यवस्था विभाग बागमती प्रदेशका सूचना अधिकारी राजु अर्यालले आजबाट नयाँ भाडा दर लागु भएको बताए । यातायात व्यवसायीले लामो आन्दोलन गरेपछि बागमती प्रदेशको भाडा वृद्धि भएको हो । यो भन्दा पहिले पेट्रोल प्रतिलिटर ७३ हुँदा नयाँ भाडा दर लागु भएको थियो । भने अहिले पेट्रोल प्रतिलिटर ११० रुपैयाँ रहेको छ । २०६३ साल पछि अहिले भाडा समायोजन भएको हो ।

file:///C:/Users/lenovo/Downloads/new-bhada.pdf

 

अर्थ प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज