बागमती प्रदेशले तर्जुमा गरेको सम्पूर्ण कानूनहरु अब मोबाइल एपमा

हेटौंडा / बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून एप निर्माण गरेको छ ।
केही समयअघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले ‘बागमती कानुन’ नामको कानून एप पनि निर्माण गरेको हो।

बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पूर्ण कानूनहरु एकीकृत रुपमा मोबाइल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयले एप बनाएर सार्वजनिक गरेको हो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजयक्रान्ति शाक्यले सो एप सार्वजनिक गर्दै आफूले डिजिटल बागमती प्रदेश बनाउन खोजेको र यसै सन्दर्भमा यो एप निर्माण गरिएको जानकारी दिए ।

 

प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्थानीय