एमसीसी जस्ताको त्यस्तै पास हुन्छ : प्रधानमन्त्री देउवा

धनगढी / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी संघीय संसदबाट पारित हुने बताएका छन् ।

शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन्।

‘एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ प्रधानमन्त्री देउवाले भने,‘बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यस्ताे हाेइन, एमसीसी नेपालको हितमा छ, नि:शर्त पास गर्नुपर्दछ।’ देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने बताए ।

“एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,” देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताएका छन् ।’

 

 

अर्थ मुख्य समाचार राजनीति समाचार समाज