३२ वर्ष कांग्रेसमा राजनिती गरेका दाहाल एकीकृत समाजवादीमा

हेटौंडा / मकवानपुरमा नेपाली कांग्रेसको राजनीतिमा ३२ वर्ष सक्रिय भूमिका निर्वाह गरेका मकवानपुरगढी गाउँपालिकाका नेता अर्जुन दाहाल आज एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
नेता दाहाललाई एकीकृत समाजवादीका उपाध्यक्ष कामरेड केदार न्यौपाने,पोलिटब्युरो सदस्य ललित बस्नेत, केन्द्रीय सदस्यहरु मुनु सिग्देल,सूर्यचन्द्र न्यौपाने,पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले टिका लगाएर पार्टीमा स्वागत गरे ।

दाहाल वि.सं.२०४६ सालको परिवर्तनसंगै हेटौंडाको चौघडास्थित बंशगोपाल माविस्थित नेविसंघको कार्यसमितिी सदस्य हुँदै राजनीमा प्रवेश गरेका थिए ।
जीवनका महत्वपूर्ण समय कांग्रेसमा राजनीति गर्दै अहिले एकीकृत समाजवादी रोज्नुलाई उनले यो पार्टी जनताप्रति उत्तरदायी पार्टीको रुपमा उदाइरहेको देखेका छन् । देशमा संविधान तथा विधि बचाउनका लागि एमालेबाट विद्रोह गरी माधव कुमार नेपाल लगायतका नेताहरुले खेलेको भूमिकाले जनताको भलोका लागि असली पार्टी एकीकृत समाजवादी नै हुने उनको बुझाई छ । ‘

लामो समय आफू आबद्द कांग्रेस पार्टीमा निष्टवान भन्दा अवसरदालाई प्रोत्साहन गर्न थालेपछि आफू त्यहाँ बसिररहनु अर्थहिन हुने ठानेर पार्टी छाडेको उनको भनाई छ । ‘ आफूले यतिका समय राजनीति गरेको पार्टी त विभिन्न गुट उपगुटमा रमाउन थाल्यो, यसले जनभावना सम्बोधन गर्न सकेन र छाडिदिएँ । ’ उनी भन्छन् । उनले अब एकीकृत समाजवादी इमान्दार निष्ठावान मान्छेहरुको कदर गर्दै शोसित पिडित वर्गको उत्थानका लागि अघि बढ्ने विश्वास लिएको पनि बताउँछन् ।

नेता दाहाल पार्टी निकट तरुण दलको गाउँ कमिटीमा लाग्दै जीवनमा थप राजनीतिक अनुभव हासिल गर्न पुगेका थिए ।
उनको राजनीतिक सक्रियता कांग्रेसमार्फत समाजमा अघिध बढ्दै गइरहेको बेला विंसं.२०४८ सालको निर्वाचनमा सक्रिय सहभागी बनेर प्रचार प्रसारमा निकै प्रभावकारी भूमिका निर्वाह गरेका थिए । यस्तै, वि.सं.२०४९ सालको स्थानीय तहको चुनावमा पनि उनले नेतृत्व गर्दै आफ्नो पार्टीको प्रचार प्रसार अभियानलाई तिब्र पारेका थिए । पार्टीको विभिन्न भाग संगठनमा रहेर महत्वपूर्ण जिम्मेवारी इमान्दारीपूवर्क निर्वाह गरेका उनको विशेष चुनावी प्रचार प्रसारकै कारण वि.सं.२०७० सालको चुनावमा मकवानपुरको क्षेत्र नम्बर १ बाट इन्द्रबहार बानियाले प्रतिनिधीसभाको चुनाव जितेका थिए ।

पार्टीमा उनी क्षेत्रीय सचिव रहेर लामो समय काम गर्दै अहिले निर्वाचित जिल्ला सदस्यको भूमिका निर्वाह गर्दै आइरहेका थिए ।
राजनीतिमा मात्र होइन उनको विभिन्न सामाजिक अभियान र आन्दोलनमा पनि नेतृत्व दायी भूमिका रहँदै आएको छ ।
मकवानपुरमा विशेषगरी सामुदायिक वन क्षेत्र र दुग्ध उत्पादनका क्षेत्रका उपभोक्ताको हकहितका लागि उनी लागि पर्दै आएका छन् । उनी अहिले देशकै उत्कृष्ट दुग्ध उत्पादक सहकारीमा पर्न सफल मकवानपुरगढी स्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष भएर आफ्नो दायित्व निर्वाह गरिरहेका छन् ।
यस्तै, मकवानपुरको पहिलो सामुदायिक वन चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष तथा सालक पार्क व्यवस्थापन समितिको अध्यक्षका रुपमा आफ्ना सामाजिक पाइलालाई उनले अगाडी बढाइरहेका छन् ।

मुख्य समाचार राजनीति समाचार स्थानीय