नेकपा एमालेको हेटौंडा–६ को अध्यक्षमा राइ निर्वाचित

 

हेटौंडा / नेकपा एमालेको हेटौंडा ६ नं वडाको अध्यक्षमा बिश्वराज राई निर्वाचित भएका छन ।
नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कमिटीको १४ औं वडा अधिवेशनले राइको अध्यक्षतामा नयाँ वडा कमिटी निर्वाचित गरेको छ ।

एमाले ६ नम्बर वडा कमिटी अध्यक्ष पुष्पराज पराजुलीको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख एवं प्रतिनिधि सभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठ लगायतकाले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

वडा अधिबेशनमा मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले पार्टी फुटाएर जानेको हैसियत अब आउने चुनावपछी देखिने बताउनुभयो । २०५४ सालपछी पुन अहिले नेकपा एमाले फुट्नबाट जोगिएको बताउनुभयो । एमालेको नेता कार्यकर्ताको बलमा एमालेलाई फुट्नबाट जोगाउन सफल भएको भन्दै सबै कार्यकर्तालाई धन्यवाद दिनुभयो ।

उहाँले माधव नेपाललाई कटाक्ष गर्दै १५ बर्ष पार्टीको नेतृत्व गरेर बसेको व्यक्ति टुक्रे पार्टीको अध्यक्ष बनेर कुन हैसियत हासिल गरे जनताले बुझेका छन् भन्नुभयो । देशमा केपि ओलि नेतृत्वको सरकारले गरेको जनअपेक्षित काम, त्रिदेशिय व्यापार सम्झौता, देशको सार्वभौमिकता जोगाउन गरेको निर्णय, भारतले लगाएको नाकाबन्दी विरुद्ध लिएको अडान लगाएतका कामको कारण जनताको मनमा एमालेप्रती विश्वास बढेको बताउनुभयो ।

त्यस्तै एमाले जिल्ला कमिटी सचीव एकालाल श्रेष्ठले एमाले जनताको मनमा बसेको पार्टी भएको बताउनुभयो । एमाले जहिले जहिले सत्तामा पुग्यो तबतब जनताको लागि र देश बिकासको लागि काम गरेको हुनाले फेरिपनी आउने चुनावमा जनताले एमालेलाई अत्याधिक मत दिने बताउनुभयो ।

उहाँले लामो समय क्रियाकलाप बिहिन बनेको संगठनलाई सुदृढ र सङ्गठित गराउन गएको बिधान महाधिवेशनले लक्ष्य लिएको र सोही अनुरुप एमालेले सबै कमिटीको अधिवेशन सुरु गरिएको बताउनुभयो ।

यसैगरी आजै नेकपा एमाले हेटौंडा–१७ मा भएको वडा अधिबेशनले लक्ष्मण खुलालको अध्यक्षतामा नयाँ वडा कमिटी गठन गरेको छ ।

मुख्य समाचार राजनीति समाचार स्थानीय