मकवानपुरमा जनता आवास कार्यक्रम अन्तर्गत १९८ घर निर्माण हुने

काठमाडौं । गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ मा ती घर निर्माणको सम्झौता भएको सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाले जनाएको छ ।

दुई सय घर निर्माणका लागि छनोट भए पनि १९८ घर निर्माणको सम्झौता भएको बताइएको छ । चालु आवमा १२६ ले घर निर्माणका लागि प्रथम किस्ता लिएका छन् ।

मकवानपुरको बकैया, भीमफेदी, राक्सिरागं, कैलाश तथा हेटौँडा उपमहानगर पालिकामा जनता आवास कार्यक्रम कार्यान्वयनमा रहेकोे छ ।

अर्थ प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज स्थानीय